राजनीति

मधेसी मोर्चा संसदको प्रतिपक्ष वेन्चमा बस्ने

मधेसी मोर्चा संसदको प्रतिपक्ष वेन्चमा बस्ने
चैत्र–२ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अबदेखि व्यवस्थापिका संसदको प्रतिपक्ष वेन्चमा बस्ने भएको छ । मोर्चामा आबद्ध तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बुधबार संसदमा बोल्दै आफूहरुले प्रतिपक्ष बेन्चमा बस्ने निर्णय गरेको जानकारी गराएका हुन् । ’हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौ, अब हामी प्रतिपक्ष वेन्चमा बस्ने निर्णय गरेका छौ । यसको जानकारी हामी सभामुखलाई पनि गराउँदैछौँ,’ यादवले भने । काँग्रेस साँसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्तावका कारण बैशाख ३१ गतेका लागि घोषित स्थानीय निर्वाचनमा बाधा पर्ने देखिएको बताए ।  

प्रतिपक्ष वेन्च व्यवस्थापिका संसद संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा

विशेष