राजनीति

स्थानीय तहलाई सात अर्ब ४४ करोड बजेट निकासा

स्थानीय तहलाई सात अर्ब ४४ करोड बजेट निकासा
चैत्र–२ । सरकारले स्थानीय तहको भौतिक पूर्वाधार तयार गर्न तथा कार्यालय सञ्चालनका लागि देशभरका सात सय ४४ स्थानीय तहलाई सात अर्ब ४४ करोड रुपैयाँ बजेट निकासा गरेको छ । अर्थ मन्त्रालयले नवगठित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि एक–एक करोडका दरले सात अर्ब ४४ करोड रुपैयाँ बजेट बुधबार निकासा गरेको हो । बुधबारदेखि नै प्रत्येक स्थानीय तहमा कार्यालय प्रमुख पनि खटाइएको छ । केही दिन अघि सरकारले गाविस विघठन गरी स्थानीय तहमा गाउँपालिकासहित ७ सय ४४ वटा स्थानीय तहको गठन गरेको थियो ।

निकासा बजेट स्थानीय तह

विशेष