आरआर क्याम्पसमा स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश
चैत्र–२ । सर्वोच्च अदालतले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा बुधबार अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधबार स्ववियुको निर्वाचन गराउनका लागि अन्तरिम आदेश गरेको हो । सो क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्याशी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गरेका थिए । निवेदनमा फागुन १८ गते त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि फागुन २३ गते आरआर क्याम्पसमा निर्वाचन गर्न माग गरिएको थियो ।
विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय निकायको निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गरिएको थियो । रासस
अन्तरिम आदेश
आरआर क्याम्पस
स्ववियु निर्वाचन