राजनीति

प्रचण्डको प्रस्ताव मधेसी मोर्चाबाट अस्वीकार, असहयोग आन्दोलनको घोषणा

प्रचण्डको प्रस्ताव मधेसी मोर्चाबाट अस्वीकार, असहयोग आन्दोलनको घोषणा
चैत्र–२ । मधेसी मोर्चाले सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने गरी संविधान संशोधन अघि बढाउने प्रधानमन्त्री प्रचण्डको विकल्प अस्वीकार गर्दै असहयोग र अवज्ञा आन्दोलन घोषणा गरेको छ । मोर्चाको बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भोलि (बिहीबार) देखि असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरेको हो । बुधबार विहान मात्र प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई भेटेर सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने र संविधान संशोधन विधेयकका बाँकी विषय अघि बढाउने प्रस्ताव अघि सारेका थिए । प्रचण्डको प्रस्तावको बारेमा बुधबार नै बैठक बसेको थियो । उक्त बैठकबाट मोर्चाले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै आन्दोलन घोषणा गरेको हो । भोलि ३ गतेदेखि निर्वाचन आयोगद्वारा घोषित निर्वाचन कार्यक्रम र स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा पूर्णतः असहयोग गर्नेछ । १३ गते मलेठ घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली दिन सभा गर्ने मधेसी मोर्चाको निर्णय छ । यस्तै चैत १५ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने मोर्चाको कार्यक्रम रहेको छ ।

आन्दोलन प्रचण्ड प्रस्ताव मधेसी मोर्चा

विशेष