राजनीति

देश भित्र लाचार देशबाहिर लम्पसार हुने यो कस्तो सरकार – माधव नेपाल

देश भित्र लाचार देशबाहिर लम्पसार हुने यो कस्तो सरकार – माधव नेपाल

चैत्र ३ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश भित्र लाचार हुने र देशबाहिर लम्पसार भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापतिलाई आरोप लगाएका छन् ।

बिबिसी नेपाली सेवाको कार्यक्रम समय सन्दर्भमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले भने ‘विदेशी भाषा नेपालमा भित्राउने, विदेशीका लागि नागरिकताका लागि गेट खुल्ला गर्ने यो प्रचण्ड सरकाको कस्तो राष्ट्रियता हो’ भारतमा नागरिकता लिन ७ वर्ष लाग्छ भने नेपालमा बिहे गरेर आएकै दिन नागरिकता पाइने ।

नेपाल जस्तो देशमा नागरितालाई कडा गर्नु पर्छ । नेपाललाई छिया छिया बनाउने नेपाललाई टुक्रा टुक्रा बनाउने यो देशको नेपालको हित हुन्छ । सिमानामा नेपालीको गोली हानी हत्या भएको बेला नबोल्ने मधेशीमोर्चा, नेपालको सिमाना मिचिएको बेलामा किन बोल्दैन । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरिएको छ र सप्तरीको निर्वाचन क्षेत्र र हुम्लाको निर्वाचन एकै छन् त ।

मधेशी मोर्चाले नेपाललाई एक एक गरि टुक्राउने काम गर्ने । मधेशी मोर्चाका कारण मधेशबाट मान्छे विस्तापित भएका छन् । विद्यार्थीहरु पढने व्यवस्था छैन । पहाड मधेशलाई टुक्राउने कार्यलाई कहिल्यै स्विकार्न सकिदैन । उनले भने । जनतामा जान मधेशी मोर्चा डराएको हो । रौतहतमा मेरो घरमा आगो लगाएका छन् ।

एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् त्यसको बारेमा नबोल्ने मधेशी मोर्चाले मेरो घरमा आगो लगाए । ९० प्रतिशत प्रति सहानुभुती नहुने । मिडियामा गलत ढंगले उनीहरुलाई उचाल्दै छन् । नेपालका आदिवासीका हितमा चुनाव रहेको छ । विदेशी दुतावासमा धाउने विदेशीको चाकरी गर्ने कही देशभक्ति हुन्छ । उनीहरुलाई प्रधानमन्त्री प्रचण्ड शेरबहादुर देउवाले सम्झाउनु पर्ने समेत बताए ।

Madav Nepal

विशेष