राजनीति

नगर तथा गाँउ पालिकाको कार्यालय सञ्चालनमा विवाद

नगर तथा गाँउ पालिकाको कार्यालय सञ्चालनमा विवाद

जाजरकोट, ३ चैत्र । राजपत्रमा प्रकासित भएको जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र सञ्चालनमा विवाद भएको छ । जिल्लाका राजनैतिक दलले राजपत्रमा प्रकासित केन्द्रको स्थल अपयाक परेको भन्दै आज खगेनकोटको दल्लीमा कार्यालय स्थापना गर्ने निर्णय गरेका थिए । केन्द्रको स्थल परिवर्तन गरेको भन्दै स्थानीयहरुले नगरपालिको बोर्ड मनमईमा लिएर टाँसेका छन् । राजपत्रमा त्रिवेणी नलगाड नगरपालिकाको केन्द्र खगेनकोटको मन्मैमा तोकिएको थियो । चैत्र १ गते सदरमुकाममा बसेको सर्वदलिय वैठकले राजपत्रमा प्रकासित भएको ठाउँलाई हटाएर खगेनकोटकै दल्लीमा तोकेपछि, रग्दा र भगवतीका स्थानीयहरु आन्दोलित भएका हुन् । साविकका रग्दा, भगवती, खगेनकोट, लहँ र डाडागाउँ गाविसको बीच सेन्टरमा मन्मै पर्ने भएपनि अहिले दलिय बैठकले दल्लीमा सारेपछि स्थानीयहरु आफुलाई अनुकुल नपर्ने भन्दै आन्दोलित भएको स्थानिय हेमन्त के.सीले बताए । आन्दोलित स्थानीयले दल्लीबाट नगरपालिकाको वोर्ड कव्जामा लिएको उनले बताए । रग्दाका नरबहादुर ध्यारले कुनै पनि हालतमा अन्यायपुर्ण निर्णय कार्यान्वयन हुँन नदिने वताए । केही दलका नेताको स्वार्थका कारण केन्द्र वदलेको भन्दै उनले सवै भन्दा दुर्गममा रहेका रग्दा र भगवतीले स्थानीय चुनाव पनि केन्द्र नबदले सम्म भाग नलिने चेतावनी दिएका छन् । सबैको पायक पर्ने ठाउँमा रहेको केन्द्रलाई जिल्लामा बसेर दलले बदल्ने अधिकार समेत कसैले नदिएको उनले बताए । नेकपा (माओवादी केन्द्र) का दोस्रो तहका नेताहरु केन्द्र वदल्नु भनेको जनतालाई मर्कामा पार्नु हो भन्दै आन्दोलनको नेतृत्व गरिरहेको जिल्ला कमीटीका सदस्य नारायण खत्रीले बताए । बिहीबार नै नगरपालिकाको कार्यालय उद्घाटन हुने भनिए पनि विवादका कारण आन्दोलनमा उत्रिएका जनताले मन्मैमा वोर्ड राखेर नगरपालिकाको कार्यालय उद्घाटन गरेको खत्रीले वताए । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका गोविन्द शाही, नेकपा एमाले नवेन्द्र नेपाली र माओवादी केन्द्र बुद्धिबहादुर बस्नेत लगायतको सहभागीता रहेको थियो । आन्दोलनमा उत्रिएका स्थानीयले आफै मन्मैमा कार्यालय उद्घाटन गरेका छन् । जनताको जाहेज मागलाई यहाँका दलहरुले पनि साथ दिएको पाईएको छ । दल्लीका केही स्थानीयले नगपालिकाका कर्मचारीलाई कव्जामा लिएर मन्मैमा आउन दिएका छैनन । सभाषद् रित्ता रावललाई आन्दोलनकारीले जनताको माग वुझदै, वैधानिक काम गर्न अनुरोध समेत गरेका छन् । हजारौंको संख्यमा रहेका स्थानीयले मन्मैमा कार्यालय खोली शुक्रबार देखी काम सुरु गर्ने समेत बताएका छन् । निर्णय विरुद्धमा जस्तो सुकै संर्घष गर्न परे पनि पछि नपर्ने उनीहरुले बताएका छन् । जिल्ला समन्वय समिति जाजरकोटका स्थानिय विकास अधिकारी रुद्रप्रसाद पण्डितले राजपत्रमा केन्द्र जहाँ तोकिएको भएपनि दलिय सहमतिले पायक पर्ने स्थानमा नै केन्द्र निर्धारण हुने बताए । सरकारले जिल्लाका ७ ओटै गाँउपालिका र नगरपालिकाको तोकेका केन्द्र मंगलवार परिवर्तन गरिएको छ । –दीपबहादुर घर्ती/जाजरकोट

कार्यालय सञ्चालन जाजरकोट नगर तथा गाँउ पालिका विवाद

विशेष