राजनीति

स्थानीय तहको निर्वाचनमा ७९ दल

स्थानीय तहको निर्वाचनमा ७९ दल

चैत ४ । वैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा ७९ वटा राजनीतिक दलले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका १ सय १३ वटा दलमध्ये उनीहरुले बुझाएको विवरणका आधारमा ७९ दल मात्रै स्थानीय तह निर्वाचनमा भाग लिन योग्य ठहरिएका हुन् ।

आयोगले स्थानीय निर्वाचनको व्यवस्थापनका लागि पुस २५ मा जिल्लास्तरीय समितिमार्फत क्षेत्रीय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउन आह्वान गरेको थियो । आयोगमा दर्ता रहेका दलले मात्रै उक्त विवरण बुझाउनुपर्ने थियो ।

उक्त २१ दिनको अवधिमा जिल्लागत रुपमा विवरण बुझाएका दलले मात्र भाग लिन पाउने भएका हुन् । आयोगको कानुन तथा राजीतिक दल सम्बन्ध महाशाखा प्रमुख सहसचिव सुशील कोइरालाका अनुसार निर्धारित अवधिभित्र स्थानीय निर्वाचन प्रयोजनका लागि विवरण नबुझाएका दलले भाग लिन पाउने छैनन् ।

कान्तिपुर

nirbachan

विशेष