विचित्र विश्व

चिहानमा कक्षा !

चिहानमा कक्षा !

एजेन्सी ।  चीनकी जिउ ताइजीले मृत्युलाई अगाल्न चाहने र मृत्यु नै सबै समस्याको समाधान हो भन्ने भावना राख्नेहरुलाई लक्षित गरी चिहानमा कक्षा सञ्चालनमा ल्याएकी छन् ।

सुन्दा पनि जति अनौठो लाग्छ यो कक्षा पनि उत्तिनै अनौठो छ । ताइजीले आफ्नो घर छेउको भिरालो जमिनमा मान्छे गाड्न नमिल्ने ६ वटा चिहान बनाएकी छन् । कुनै समय जागिर नपाएको अवस्थामा श्रीमानले समेत धोका दिएपछि उनले सबै समाधान मृत्यु हो भन्दै आत्महत्या गर्ने प्रयास गरेकी थिइन ।

आत्महत्याको प्रयास असफल भएपछि ताइजीले अहिले आफ्नो जस्तै भावना भएकाहरुलाई बाँच्न नै समस्याको समाधान हो भन्ने कुरा सिकाउँछिन् । यो कक्षामा सहभागी हुनेहरुलाई मरेपछि गाडेको अवस्थामा राखिन्छ र उनीहरुलाई बाँच्ने प्रेरणा मिल्ने कुरासिकाइन्छ । ताइजीको कक्षामा पुग्ने धेरै मानिस मृत्यु कुनै पनि समस्याको समाधान होइन भन्ने कुरा बुझेर फर्कने गरेका छन् ।

https://www.youtube.com/watch?time_continue=1&v=2l5-7aq2WJY

china class of The Grave

विशेष