राजनीति

प्रमुख निर्वाचन आयुक्तले भेटे प्रधानमन्त्रीलाई

प्रमुख निर्वाचन आयुक्तले भेटे प्रधानमन्त्रीलाई
चैत्र ४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीको बारेमा प्रधानमन्त्रीलाई लाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज बालुवाटारमा पुगी प्रधानमन्त्रीलाई पुनःसंरचित ७ सय ४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराएका थिए ।साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल गरेको बताइएको छ । यादवले तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दैे विद्यमान अवस्थामा देखिएको असमझदारी सुल्झाउँदै मिलेर अगाडि बढ्नुपर्ने जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । जवाफमा प्रधानमन्त्री दाहालले आफूहरुलाई विश्वस्त पारेको बताउँदै प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीले सद्भावको विश्वसनीय वातावरण बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रीत हुने बताएका हुन् ।

Ayodi Prasad Yadav Nirbachan 2074 Puspakamal Dahal

विशेष