राजनीति

एमालेको अभियान कञ्चनपुर पुगेर सकियो

एमालेको अभियान कञ्चनपुर पुगेर सकियो

चैत्र ४ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान भन्ने नाराका नेकपा एमालेले गरेको मेची–महाकाली राष्ट्रिय अभियान आज कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा पुगेर सम्पन्न भएको छ ।

फागुन २१ गते सुरु भएको उक्त अभियान सम्पन्न भएको एमालेले जनाएको छ । फागुन २१ अभियान झापाबाट शुरु भइए काँकरभिट्टा, बिर्तामोड, दमक, विराटचोक, इटहरी, इनरुवा, राजविराज, हेटौंडा, नारायणगढ, कावासोती, भूमही, भैरहवा, जीतपुर, लमही, नेपालगञ्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी र महेन्द्रनगरमा जनसभा एमालेले गरेको छ ।

उर्लाबारी, पथरी, बेलबारी, मनहरी, भण्डारा, रामापुर लगायत स्थानमा व्सङ्क्षिप्त सभाहरू भएका छन् । त्यस्तै बुटवलमा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ भने काठमाडौंमा वृहत् कार्यकर्ता भेला आयोजना भएको छ । अभियानको प्रचार–प्रसारका लागि झण्डै १० लाख घरधुरीमा पुगेर कार्यकर्ताहरूले ५० लाखभन्दा बढी जनतालाई पार्टीको अपिल वितरण गरेको एमालेले जनाएको छ ।

उक्त अभियानको २५ हजार नेता-कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा (एमाले) मा प्रवेश गरेको समेत एमालेले दाबी गरेको छ । एमालेको सभामा सुनसरी, सप्तरी, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लाहरूमा मधेसी मोर्चा लगायत विभिन्न समूहहरूले गरेको बन्द एमाले अभियानमा बाधा पु¥याएको, आगजनी र ढुङ्गामुढा गरेको एमाले पार्टीकार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

UML

विशेष