राजनीति
अनेरास्ववियुको कार्यवाहक अध्यक्षमा आचार्य
शुक्रबार, ०४ चैत २०७३ गते प्रकाशित

चैत्र–४ । अनेरास्ववियुकी अध्यक्ष नविना लामा एक महिनाका लागि अमेरिका प्रस्थान गरेकी छिन् । महिलासम्बन्धि एक कार्यक्रममा भाग लिन लामा अमेरिका प्रस्थान गरेपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रश्मी आचार्यलाई दिएकी छिन् ।
चितवनमा सम्पन्न १८ औँ महाधिवेशनबाट ठाकुर गैरे केन्द्रीय अध्यक्ष निर्वाचित हुँदा लामा सचिवालय सदस्य र आचार्य केन्द्रीय सदस्य निर्वाचित थिए ।
एकवर्ष अघि सम्पन्न अनेरास्ववियुको २२ औँ महाधिवेशनबाट लामा अध्यक्ष र आचार्य उपाध्यक्ष निर्वाचित भएका हुन् । आचार्य लामापछि अनेरास्ववियुको केन्द्रमा रहेका पुराना नेता हुन् ।
अनेरास्ववियु
कार्यवाहक अध्यक्ष
रश्मी आचार्य