राजनीति

'माध्यमिक तहको परीक्षा सकिएलगत्तै सशक्त आन्दोलनको घोषणा'

'माध्यमिक तहको परीक्षा सकिएलगत्तै सशक्त आन्दोलनको घोषणा'
चैत - ५ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमांकनको टुंगो नलगाइकन गरिने स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन् । शनिबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्नेमा सोको टुंगो नलगाइ निर्वाचनको मिति तोकिनु गलत भएको छ ।’ अध्यक्ष यादवले माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारको यो निर्णयविरुद्ध सशक्त आन्दोलनको घोषणा गर्ने बताउँदै अबको आन्दोलन मधेसकेन्द्रित नभइ देशव्यापी हुने धारणा व्यक्त गरे । सरकारले अहिले विभिन्न बाहना बनाएर आफूहरुको माग पूरा गर्न आलटाल गरिरहेको आरोप लगाउँदै उनले सरकारको अगामी कार्यनीति हेरेर आन्दोलनको स्वरुप अगाडि बढाउने बताए ।

उपेन्द्र यादव

विशेष