वैशाख १० गतेबाट मतदाता शिक्षा सञ्चालन
चैत ६ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख १० गतेदेखि निर्वाचन मतदाता शिक्षा सन्चालन गर्ने भएको छ ।
स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराए ।
उनकाअनुसार एउटा वडामा तीनजना स्वयंसेवकले मतदातालाई मतदाता शिक्षा दिनेछन् । मतदाता शिक्षाका लागि आयोगले ३२ जना उपसचिव र अधिकृतलाई मतदाता प्रशिक्षक प्रशिक्षण दिइसकेको छ ।
प्रवक्ता शर्माकाअनुसार मतदाता प्रशिक्षण लिएका कर्मचारीले जिल्लामा गइ प्रशिक्षण दिएपछि स्वयंसेवकले वडामा गइ मतदातालाई मतदाता शिक्षा दिनेछन् ।
उनले पहिलेकोभन्दा धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने भएकाले मतदातालाई मतदाता शिक्षा दिन आवश्यक भएको पनि बताए ।
Matadata Sixa Nirbahcan Ayog