राजनीति

मधेसी मोर्चाले गर्यो व्यवस्थापिका–संसदको बैठक बहिस्कार

मधेसी मोर्चाले गर्यो व्यवस्थापिका–संसदको बैठक बहिस्कार
चैत–६ । व्यवस्थापिका–संसदको आइतबार बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गरेको छ । मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठक बहिस्कार गरेका हुन् । आइतबार सभामुख ओनसरी घर्तीले सदनको बैठक सुरु गर्नासाथ मोर्चाका सांसदहरु आफ्ना स्थानबाट उठेका थिए । उक्त समयमा तराई–मधेस लोकतान्त्रिक पार्टीका जंगीलाल यादवले ‘राजनीतिक वातावरण नबनाइ सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले’ मधेसका जनतामा आक्रोश आएको आरोप लगाए । संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने र सहमति, सहकार्यबाट संविधान संशोधन गर्न माग गर्दै आफ्नो भनाइ समाप्त गरेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु सदनको आइतबारको बैठकबाट बाहिरिएका थिए ।

बैठक बहिस्कार मधेसी मोर्चा व्यवस्थापिका संसद

विशेष