राजनीति

तीन विधेयक स्वीकृत

तीन विधेयक स्वीकृत
व्यवस्थापिका–संसद्को आजको बैठकले ‘तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकमा पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक २०७३, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ र उच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक २०७३ रहेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ती विधेयक बैठकमा प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा उप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले वस्तु विनियम बजारसम्बन्धी विधेयक २०७३ लाई प्रस्तुत गरेका थिए । संसद्को बैठक सोमबार अपराह्न १ बजे बस्नेछ । रासस

विधेयक व्यवस्थापिका–संसद् स्वीकृत

विशेष