राजनीति

भौतिक कारबाहीको चेतावनी दिँदै महोत्तरीका दुई गाउँपालिकामा तालाबन्दी

भौतिक कारबाहीको चेतावनी दिँदै महोत्तरीका दुई गाउँपालिकामा तालाबन्दी
चैत्र–६ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार कार्यालय सन्चालन गरे भौतिक कारबाही गर्ने चेतावनी दिँदै महोत्तरीका दुईओटा गाउँपालिकामा तालाबन्दी गरेका छन् । मोर्चाका कार्यकर्ताले जिल्लाको पिपरा गाउँपालिका र मटिहानी गाउँपालिकामा कामकाज गर्न पुगेका अधिकृतलाई काम गर्न नदिएर दुबै गाउँपालिकामा तालाबन्दी गरेका छन् भने कामकाज गरे भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् । दुई दर्जनभन्दा बढी संख्यामा पुगेका मोर्चाका कार्यकर्ताले दुबै गाउँपालिकाको पर्खालमा कामकाज नगर्नू र गरे भौतिक कारबाही गर्ने भनी लेखेर पर्चा टाँसेको मोर्चा नेता सुरेश पाण्डेले बताए । मोर्चाको तालाबन्दीका कारण आइतबार ती दुबै गाउँपालिकाको कार्यालयबाट कुनैपनि कामकाज हुन सकेन । रासस  

चेतावनी तालाबन्दी भौतिक कारबाही महोत्तरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा

विशेष