विचित्र विश्व

११ वर्षमै आमा बन्दै बेलायतकी बालिका

११ वर्षमै आमा बन्दै बेलायतकी बालिका

चैत ७ । बेलायतमा ११ वर्षको नाबालिका गर्भवती भएपछि सबैभन्दा कम उमेरमा बच्चा पाउने बालिका हुने भएकी छन् ।

प्रहरी अनुसन्धानमा रहेकी उक्त नाबालिकाको लन्डन प्रहरीले नाम गोप्य राखेको ‘डेलीमेल’ अनलाइनले उल्लेख गरेको छ । डेली मेलकाअनुसार केहि हप्तामै ती नाबालिकाले बच्चालाई जन्म दिँदैछिन् । उक्त जन्मने शिशुको पिता पनि बालिकाभन्दा केहि वर्ष जेठो नाबालक नै रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरी अनुसन्धानबाट उक्त घटना सार्वजनिक भएको हो । तर, बालिकाको परिवारले घटना गोप्य राख्न अदालतमा निवदेन दिएपछि लन्डन उच्च अदालतको परिवार विभागले गर्भवती बालिका, हुनेवाल बाबु र परिवारको विवरण सार्वजनिक गर्न रोक लगाएको छ ।

समाचारअनुसार उनी एक दशकपछि बेलायतमा सबैभन्दा कम उमेरमा शिशु जन्माउने आमा बन्नेछिन् ।

यसअघि, बेलायतको स्कटल्यान्ड निवासी टेरेसा मिडल्टन आफ्नै दाजुबाट बलात्कृतपछि १२ वर्षकै उमेरमा छोरी पाएर सबैभन्दा कम उमेरमा आमा बनेकी थिइन् । अहिले टेरेसा २३ वर्षकी भइन् र उनी कलेज पढिरहेकी छन् । उनकी छोरी हजुरआमाको संरक्षणमा स्कुल जान्छिन् ।

पछिल्लो समय टेरेसाले अत्याधिक लागुपदार्थ सेवन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि केहि समय सुधार केन्द्रमा राखिएको थियो । टेरेसाले फेरि आफू आमा बन्न चाहेको बताएकी छन् ।

गएको एक दशकमा बेलायतले किशोरावस्थामा गर्भाधारण गर्ने अवस्थामा उल्लेखनीय सुधार ल्याएपनि युरोपियन मुलुकहरुमा यो समस्या अझै रहेको र ती तथ्यांक राज्यले लुकाएको विज्ञहरुले बताउँदै आएका छन् ।

अहिले विश्वव्यापी आँकडा हेर्दा किशोरावस्थामा गर्भाधारण गर्ने सूचीमा रोमानिया, बुल्गेरिया, स्लोवेकिया, हंगेरी र माल्टा अगाडि रहेका छन्

विशेष