राजनीति

स्थानीय तहमा ३६,६३९ प्रतिनिधि

स्थानीय तहमा ३६,६३९ प्रतिनिधि

चैत्र ७ । जनताको घरदैलोको सरकार मानिने देशभरका स्थानीय तहमा एकैपटक ३६ हजार ६ सय ३९ प्रतिनिधि चुन्न वैशाख ३१ गते निर्वाचन हुँदैछ ।

कार्यकारी अधिकारमात्र नभई व्यवस्थापिका र न्याययपालिकासम्बन्धी पनि केही अधिकार प्रत्यायोजन गरिएका स्थानीय सरकारमा १३ हजार ३ सय ६० महिला चुनिनेछन् । वडा सदस्यमा एक दलित महिलाको कोटा अनिवार्य गरिएकाले ६ हजार ६ सय ललित महिला पहिलोपटक स्थानीय तहमा निर्वाचित हुनेछन्। स्थानीय तहमा पहिलोपटक समावेशी प्रतिनिधित्व हुन लागेको हो ।

अववरुद्ध स्थानीय विकास एकैपटक ठूलो संख्यामा जनप्रतिनिधि चयन भएपछि अघि बढ्नेछ भने राजनीतिक दलहरूलाई आफ्ना कार्यकर्ता व्यवस्थापन गर्न सहज हुनेछ। गाउँपालिका-नगरपालिका प्रमुख-उपप्रमुखमध्ये एक जना महिला उम्मेद्वार अनिवार्य हुनुपर्ने व्यवस्था र २ जना महिला वडा सदस्यमध्ये एक जना महिला दलित समुदायको हुनुपर्ने व्यवस्थाका कारण स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

७ सय ४४ तहमा ४ महानगरपालिका १३ उपमहानगरपालिका र २ सय ४६ नगरपालिकाबाट २ सय ६३ प्रमुख र उपप्रमुख गरी ७ सय २६ जना निर्वाचित हुनेछन्। यस्तै ४ सय ४१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९ सय ६२ जना निर्वाचित हुनेछन् । गाउँपालिका र नगरपालिकाका ६ हजार ६ सय ८० वडाबाट त्यति नै संख्यामा वडाध्यक्ष निर्वाचित हुनेछन् ।

महिलाका लागि छुट्याइएको दुई वडा सदस्यमा एक दलित महिला अनिवार्य गरिएक कारण ६ हजार ६ सय ८० दलित महिला स्थानीय तहको कार्यकारीमा पुग्नेछन् ।

अन्नपूर्ण

Election 2074

विशेष