राजनीति

भारतमा योगीको उदयपछि नेपालमा राजतन्त्रवादीहरुलाई दसैं आएजस्तो

भारतमा योगीको उदयपछि नेपालमा राजतन्त्रवादीहरुलाई दसैं आएजस्तो

चैत ७ । छिमेकी देशको कुनै एक राज्यको मुख्य मन्त्रीमा आउने पात्र अर्को देश र त्यसका नागरिकका लागि खासै महत्वको विषय त नहुनु पर्ने हो । र, हुनु पनि हुँदैन  । तर, नेपालसँग सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो राज्य युपीको मुख्य मन्त्रीमा ०७३ चैत ६ गते योगी आदित्यनाथ नियुक्त हुँदा नेपालमा यसले ठूलै राजनीतिक हलचल ल्याइदिएको छ । विशेषगरी, योगी आदित्यनाथ युपीमा उदाउँदा एउटा तप्कामा हर्षको बढाईँ नै झै भएको छ ।

विगतमा नेपालका राजा, महाराजासँग निकट सम्बन्ध रहेका र राजतन्त्रको पुनस्र्थापनाका साथै हिन्दूराज्यको समेत वकालत गर्दै आइरहेका योगी आदित्यनाथ युपीको मुख्यमन्त्रीका रुपमा उदाउँदा राजतन्त्र र हिन्दूराष्ट्रका पक्षधरहरुमा खुसीयाली छाएको बताइन्छ । आरएसएसको सिफारिसमा बिजेपीको संस्दीय दलले योगी आदित्यनाथलाई मुख्यमन्त्रीका लागि चयन गरेपछि उनको उदय भएको हो । युपीमा योगीको उदयपछि नेपालका हिन्दूपक्षधरहरु आफनो एजेन्डाहरु स्थापित गराउनमा बल पुग्ने विश्वास गर्न थालेका छन् । –साँघु साप्ताहिकबाट

विशेष