काठमाडौंको मेयरमा एमालेबाट योगेश भट्टराई !
चैत–७ । २०७४ वैशाख ३१ स्थानीय निकायको चुनवा हुने नहुने अन्योल कायमै छ । प्रमुख प्रतिपक्षी एमाले चुनावमा होमिइसकेको छ । तर सरकारको मुख्य घटक नेपाली कांग्रेस चुनावमा भाग लिने कुरामै द्विविधाग्रस्त देखिएको छ । एमालेका महानगरपालिका, उपमहानगर र नगरपालिका तथा गाउँ पालिकाका पार्टी कमिटीहरु संभावित उम्मेदवार चयनका लागि भेला र बैठकमा जुटिरहेका छन् ।
यसै क्रममा राजधानी काठमाडौंंको मेयरका लागि एमालेबाट कसलाई उम्मेदवार बनाउने भन्ने बहस पार्टी कमिटीहरुमा सुरु हुन थालेको छ । एमालेले मेयर पदमा पार्टीको पदाधिकारीबाटै प्रभावशाली नेतालाई उम्मेदवार बताउनुपर्ने दबाब महानगरका एमाले नेता कार्यकर्ताको छ । एमाले पदाधिकारीबाटै मेयर पदमा उम्मेदवार बनाउँदा सम्भावित अनुहारमा सचिव योगेश भट्टराई हुन । महानगरपाकिलाको मेयर पदमा उनको नाम कार्यकर्ता पंक्तिमा लिन थालिए पनि उनी स्वयंले त्यसबारे मुख खोलेका छैनन् । – साँघु साप्ताहिकबाट