राजनीति

बाबु प्रचण्ड, छोरा प्रकाश र भाइ नारायणको शैली देखेर नारायणकाजी भए वाक्कदिक्क

बाबु प्रचण्ड, छोरा प्रकाश र भाइ नारायणको शैली देखेर नारायणकाजी भए वाक्कदिक्क

चैत ७ । केपी शर्माको नेतृत्वमा नै सेना लगाए भए पनि निर्वाचन गराउनुपर्ने आफ्नो प्रस्तावलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले नमानेर ठूलो भूल गरेको र मधेसी मोर्चालाई बढी भाउ दिँदा देश विखण्डन हुने खतरा बढेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र भन्ने गरेको स्रोतले बतायो ।

स्रोतका अनुशार, काजीले आफ्नो यो मतको पक्षमा पूर्व एकता केन्द्रभित्र मात्र होइन टोपबहादुर थापाको भूमिका बुझ्नै नसक्ने पहेँली भएको श्रेष्ठको भनाइरहेको स्रोतले बतायो ।

कुरा गर्दै जाँदा ठीकै भन्ने पनि लाग्ने, कतै आफ्नो स्वतन्त्र धारणा नहुँदा वितार नै मरेको हो कि भन्ने पनि लाग्ने, नारायणकाजीले एमालेको एक नेतासँग चिन्ता व्यक्त गरेको हुन् । एमाले निकट स्रोले श्रेष्ठको भनाइ उद्धृत गर्दै अगाडि भन्यो, ‘क्रान्तिकारी माओवादीबाट एकतामा जोडिएका फम्फा भुसालसहितको एउटा हिस्सा त प्रचण्डसँगै लम्पसार परिसकेको छ, तिनले त प्रचण्डको ननइथिकल, ननआइडोलोजिक, भ्रष्ट चरित्रको साक्षी बनेर गइसकेको छ । मैले नारायण दाहाल प्रशासनिक सल्लाहकार हुन हुँदैन भनेर कुरा उठाएँ ।

प्रकाशलाई जागिर नदिनुस, भोलिन्टीयर बनाउनु भनेँ, कोही बोल्दैनन् । क्रान्तिकारी माओवादीका भन्ने साथीहरु पनि बोल्दैनन्, हेर्नुस । कति लड्ने, के मा लड्ने पार्टी त बर्बादै भइसक्यो । वाम एलायन्समा लैजान सकिन्थ्यो । अहिलकेो आवश्यकता पनि हो । तर, मधेसी मोर्चालाई च्याप्ने, कांगे्रेससँग गठबन्धन गर्दा सामाजिक रुपान्तरणको, राष्ट्रिय स्वाधीनताका मुद्धा नै सकियो । ’ नारायणकाजीको यहि अडानको कारण पार्टीमा उनको स्थान मजबुत बन्दै गएको बताइन्छ । –साँघु साप्ताहिकबाट

विशेष