राजनीति

निर्वाचनकै मौकामा निधिले मागे मागे ४ अर्ब

निर्वाचनकै मौकामा निधिले मागे मागे ४ अर्ब

चैत ८ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रूपैयाँ बजेट माग गरेको छ ।

वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतिपूर्ण रहेको भन्दै गृहले दुई साताअघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो । ‘आगामी चुनावका लागि करिब एक हजार पाँच सय संख्यामा सवारी साधन खरिद गर्नुपर्ने प्रस्ताव गृहबाट आएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यसका लागि ४ अर्ब रुपैयाँ माग गरिएको छ ।’

सुरक्षा निकायसँग भएका सवारी साधन निर्वाचनका लागि अपुग हुने भए पनि अहिलेलाई थप गाडी खरिद गर्न बजेट दिन नसकिने उनले जनाए ।

नागरिक

Griha Mantralaya

विशेष