प्रधानमन्त्रीले लेखा समितिलाई ढाँटे, सभापति आक्रोशित
चैत ८ । गत बिहीबार एनसेल कर प्रकरणमा व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेकोमा समितिका सभापति डोरप्रसाद उपाध्याय र सचिवले प्रधानमन्त्रीलाई गत शुक्रबार भेटे ।
उनीहरुले प्रधानमन्त्रीलाई भेटेरै हातमा चिठी थमाए । प्रधानमन्त्रीले पनि चैत ८ वा ९ गते लेखा समितिको बैठकमा आउने आश्वासन दिए । तर वास्तविक तिथि तय भएन र सचिवालयसँग सम्पर्क गरेर मिति तय गर्न प्रधानमन्त्रीले आग्रह गरे ।
८ गते आउन लागेपछि समितिले प्रधानमन्त्रीको सचिवालयलाई ताकेता गर्न थाल्यो । स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्रीको सचिवालयले सभापतिको फोन उठाउन छोड्यो । सोमबारसम्म फोन नै उठेन ।
फोन नउठेपछि समिति सभापति उपाध्याय आक्रोशित भएका छन् ।
समाचारपत्र
Prahanda