राजनीति

एमालेसँग प्रतिस्पर्धा गर्न चुनौती

एमालेसँग प्रतिस्पर्धा गर्न चुनौती
चैत - ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले साम्प्रदायिक विद्वेष र क्षेत्रीय राजनीतिलाई गतिलो जवाफ दिने बताएका छन् । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयंसेवक एवं कलाकारलाई धन्यवाद दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन आगामी निर्वाचनमा आफ्नो पार्टीलाई सुविधानजनक बहुमत दिएर जनताले जवाफ दिने जिकिर गरे । उनले राष्ट्रियता र लोकतन्त्रका विषयमा तर्कपूर्ण बहसका लागि आफूहरुसँग प्रतिस्पर्धा गर्न सबैलाई चुनौती दिए । अध्यक्ष ओलीले प्रदेश नम्बर–२ का अन्य जिल्लामा अन्यत्रभन्दा प्रभावकारी कार्यक्रम गरिने जनाउँदै एमाले त्यहाँ जाँदा मधेसी मोर्चाले फैलाएका भ्रम ध्वस्त हुन्छ भनेर आफूहरुलाई अराजनीतिक व्यवहार गरिएको आरोप लगाए । निर्वाचन आयोगलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान चलाउन महान्यायाधिवक्ताले गलत परामर्श दिएको आरोप लगाउँदै उनले मर्यादित पदका व्यक्ति जिम्मेवार हुनुपर्ने बताए । पार्टीका नेता माधवकुमार नेपालले मेची–महाकाली अभियानलाई निर्वाचनसँग जोड्दै पार्टी जनस्तरमा थप पुग्ने बताए । महासचिव ईश्वर पोखरेलले प्रदेश नम्बर–२ मा स्थगित कार्यक्रमको ढाँचाबारे दुई दिनभित्रै निर्णय गरिने जानकारी दिए । एमालेले संविधान कार्यान्वयन, निर्वाचन, राष्ट्रिय एकता र सद्भावका लागि गत फागुन २१ देखि यही चैत ५ गतेसम्म सो अभियान सन्चालन गरेको थियो ।

विशेष