राजनीति

'समस्या समाधान नगरेमा चुनाव हुनेमा आशंका'

'समस्या समाधान नगरेमा चुनाव हुनेमा आशंका'
चैत ८ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले समस्या समाधान नगरेमा चुनाव हुनेमा आशंका रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा मंगलबार पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने–‘देशको वर्तमान अवस्था र ठूला दलको चरित्र एवं हठका कारण तोकिएको समयमा चुनाव हुनेमा आशंका बढेको छ ।’ अध्यक्ष गच्छदारले ‘अहिले राष्ट्रको राजनीतिक अवस्था निकै बिग्रेको छ, त्यसैले यसलाई ध्यानमा राखी हिँड्नुपर्दछ’ भन्दै समयमा समस्या समाधान नगरे देश दुर्घटनामा जानसक्ने सम्भावना रहेको बताए । एक फरक प्रसंगमा उनले नेपाली कांग्रेसका नेताहरुले गच्छदारलाई र आफ्नो पार्टीलाई कांग्रेसमा भित्र्याउने कुरा हल्लामात्रै भएको बताए ।

विजयकुमार गच्छदार

विशेष