राजनीति

सरकार–मोर्चा सहमति नजिक

सरकार–मोर्चा सहमति नजिक
चैत ९ । स्थानीय चुनाव वहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ । सरकारले संविधान संशोधनविना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराईमधेसमा चुनाव हुन नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ । सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा मोर्चाका नेताहरुले सीमांकनबाहेक संविधान संशोधन विधेयकमा तीनवटा प्रस्ताव पारित भए चुनावमा जान सकिने बताएपछि राजनीतिक निकास सहमति नजिक पुगेको अड्कल काटिएको हो । सरकारपक्षले यसअघि नै सीमांकनबाहेक संविधान संशोधन गर्न तयार रहेको जनाउ दिइसकेको छ । नागरिक

Morcha Baithak

विशेष