राजनीति

२७ दलबाहेक अन्यले स्वतन्त्रमा चुनाव लड्नुपर्ने

२७ दलबाहेक अन्यले स्वतन्त्रमा चुनाव लड्नुपर्ने
चैत ९ । वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको चुनावमा संसदमा रहेका २७ दल बाहेक अरु दलले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने भएको छ । ती दलले एउटै निर्वाचन चिह्न नपाउने भएका हुन् । स्थानीय तह निर्वाचन ऐनको दफा २६ को उपदफा ६ मा संसदमा भएका सबै दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिने र दलहरुलाई मतपत्रमा समावेश गर्दा समानुपातिकतर्फ प्राप्त मतका आधारमा रोलक्रम निर्धारण गर्ने व्यवस्था छ । उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न प्रदान गर्ने उल्लेख छ । स्थानीय चुनाव प्रयोजनका लागि ११४ दलले भाग लिन पाउने निर्वाचन आयोगले जनाएको छ । जसमा सांसदमा भएका २७ बाहेक अरु दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने भएको हो । यसैबीच यस व्यवस्थाको डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले भने आपत्ति जनाएको छ । भट्टराई नेतृत्वको दलले निर्वाचन आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाललाई विरोधमा ज्ञापनपत्र नै बुझाएको छ ।

Nirbachan ayog

विशेष