राजनीति

नयाँ आइजी नियुक्तिका लागि मन्त्रीपरिषद्को बैठक बस्दै

नयाँ आइजी नियुक्तिका लागि मन्त्रीपरिषद्को बैठक बस्दै

चैत्र ९ । सर्वोच्च अदालतको फैसलापछि सरकारले प्रहरी महानिरीक्षक नियुक्तिको प्रक्रिया सुरु गर्ने भएको छ ।

योग्यता र बरीयताक्रम मिचेर ‘डीआईजी’ जयबहादुर चन्दलाई ‘आईजी’ नियुक्त गरेको सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि पुनः नियुक्तिको प्रक्रिया सुरु भएको हो । भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीनभ्रमणका विषयमा छलफल गर्न बोलाइएको आजको मन्त्रिपरिषद् बैठकमा आईजी नियुक्तका विषयमा पनि छलफल हुने श्रोतले वताएको छ ।

यो विषय मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा नराखिए पनि प्रक्रिया सुरु गर्न छलफल हुने जानकारी दिइएको छ ।  सर्वोच्च अदालतको फैसलापछि बरीयताक्रमको पहिलो नम्बरमा नवराज सिलवाललाई आईजीपी बन्ने बाटो खुलेको छ ।

बिहान साढे १० बजेका लागि बोलाइएको बैठक बेलुकी ५ बजेका लागि सारिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपरान्ह सुरक्षा परिषदको पनि बैठक बस्ने जानकरी गराएको छ ।

विशेष