विचित्र विश्व

८ वर्षीय बालिकाको कमाई डेढ करोड !

८ वर्षीय बालिकाको कमाई डेढ करोड !

अमेरिकी एक ८ वर्षकी चार्लीले युट्युुबबाट मासिक १ लाख २८ हजार डलर कमाउने गर्छिन् ।

एन एज नामक साइटले हालै युट्युुब बाट सर्वाधिक कमाई गर्ने युट्युुब स्टारहरुको सूचि तयार गरेको थियो । जसमा सबैभन्दा धेरै कमाई गर्ने युट्युुब च्यानलहरुलाई दुुई भागमा विभाजन गरिएको छ : ब्यूूटी एण्ड स्टाइल र फूड एण्ड कुकिंग । त्यस अन्तरगत फुड एण्ड कुकिंग विधामा ८ वर्षीया बालिका चार्लीले संचालन गरेको च्यानल चाली क्राफ्टी किचन सबैभन्दा धेरै कमाई गर्ने युटु्युुब च्यानल बनेको छ ।

चार्लीले आफ्नो यस च्यानलमार्फत बेकिंग टिप्स दिने गरेकी छिन् । उनले आफ्नो च्यानलमार्फत मासिक औक्षतमा १ लाख २७ हजार ७७७ डलर अर्थात् झण्डै डेढ करोड रुपैयाँ कमाउँछिन् । उक्त च्यानल औषतमा हरेक महिना २ करोड ९० लाख पटक हेरिन्छ । सन् २०१२ देखि उनले च्यानल सुुरु गरेकी हुन् ।

money Youtube Earn

विशेष