राजनीति

तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न देश दौडाहामा नयाँ शक्ति

तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न देश दौडाहामा नयाँ शक्ति
चैत्र ९ । नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई-मधेस राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ । हिमाल, पहाड र तराई मँधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमाल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । अभियान अन्तरगत चैत ९–१३ सम्म देशव्यापी रुपमा सभाहरु हुनेछन् । आज दिउ“सो १२ बजे लहानमा सभा हुनेछ । चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा हुनेछ । चैत ११ गते दिउँसो १२ बजे भैरहवामा र चैत १२ गते दिउँसो १२ बजे कोहलपुरमा सभा हुनेछ । चैत १३ गते दिउँसो १२ बजे धनगढीमा सभा भएपछि यस चरणको कार्यक्रम सम्पन्न हुनेछ ।

Nayasakti

विशेष