राजनीति

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित

मतपत्र छपाइ ‘दबाब’ मा स्थगित
चैत १० । निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ । आयोगको बुधबारको बैठकले स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका दललाई समेत मतपत्रमा राख्न छपाइ रोकेर पुनः मुद्रण गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि विभिन्न जिल्लामा दल दर्ता गराएका थिएनन् । उनीहरुकै दबाबमा आयोगले सुरु भइसकेको मतपत्र छपाई रोकेर दर्ता गर्न छुटेका दलको नाम र चुनाव चिन्ह मतपत्रमा समावेश गर्न लागेको हो । नागरिक

Nirbachan ayog

विशेष