प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने
चैत १० । सरकारले प्रहरी महानिरीक्षक आईजीपी नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण बिहीबार शुरु हुँदैछ ।
सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्न सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो ।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भएको भेटमा चीन भ्रमणपछि मात्रै नयाँ आइजीपी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
बालुवाटार स्रोतका अनुसार आईजीपी प्रकरणमा सर्वोच्चको फैसलामा उल्लेख भएका कतिपय विषय सरकारी रेकर्डमा भएको भन्दा फरक भएकाले पनि हुबहु कार्यान्वयन हुँदैनन् ।
अन्नपूर्ण पोस्ट
New IGP