राजनीति

१२ राजदूत सर्वसम्मत अनुमोदित

१२ राजदूत सर्वसम्मत अनुमोदित

चैत्र १० । सरकारद्वारा १२ मुलुकका लागि प्रस्तावित राजदूतको नाम ब्यवस्थापिका संसदको संसदीय सुनुवाइ समितिले बुधबार सर्वसम्मत अनुमोदन गरेको छ । समितिमा सोमबारदेखि तीन दिनसम्म सुनवाइ भएको थियो ।

समितिले प्रस्तावित १२ जनाको नाम सर्वसम्मत भएको जानकारी बुधबारै परराष्ट्र मन्त्रालयलाई गराएको छ । प्रस्तावितमध्ये म्यानपावर व्यवसायसँग जोडिएका ओमनका लागि प्रस्तावित शर्मिला पराजुली र कतारका लागि प्रस्तावित रमेश कोइरालाका साथै २०४६ को जनआन्दोलन दबाउन दोषी देखेको भनेर मल्लीक आयोगले सिफारिस गरेकोबारे इजरायलका लागि प्रस्तावित निरन्जन थापाविरुद्ध उजुरी परेको थियो । तर उनीहरुको संलग्नताबारे कुनै छानविन नगरी समितिले अनुमोदन गरेको छ । ‘कुनै नाममा पनि विवाद देखिएन, सबैको सहमतिमा अनुमोदन गरेका हौं,’ विशेष सुनुवाई समितिका सभापति कांग्रेस सांसद कुलबहादुर गुरुङले भने ।

१२ राजदूतमा पराजुली, कोइराला र थापासहित डा.विश्वम्भर प्याकुरेल श्रीलंका, अर्जुनजंगबहादुर सिंह दक्षिण कोरिया, प्रतिभा राणा जापान, युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अस्ट्रेलिया, चोपलाल भुषाल बंगलादेश, पदमदास सुन्दास बहराइन, भीमकृष्ण उदास म्यानमार र महेन्द्रप्रसादसिंह राजपुत साउदी अरेबिया छन् ।

सरकारले सुरुमा स्पेनमा नयाँ दुतावास खोल्नेसहित १४ मुलुकका लागि नाम सिफारिस गरेको थियो । विवादित ब्यक्ति भन्दै आशा लामा ९युएई० र पराजुली ९ओमान० को नाम फिर्ता लिए पनि पराजुलीलाई पुन समावेश गरियो । स्पेनमा दूतावास खोलेपछि मात्र सुनुवाईमा पठाउने भन्दै सरकारले भरत रायमाझीको नाम भने समितिमै पठाएन ।

विशेष