राजनीति

प्रधानमन्त्री दाहाल चीन जाँदै, कसलाई कार्यभार दिने भन्ने विवाद कायमै

प्रधानमन्त्री दाहाल चीन जाँदै, कसलाई कार्यभार दिने भन्ने विवाद कायमै

चैत्र १० । प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणका लागि आज त्यस तर्फ प्रस्थान गर्दै छन् ।

[caption id="attachment_32504" align="aligncenter" width="945"] फाइल तस्विर[/caption]

चीनको हाईनान प्रान्तमा हुने बोआवो फोरमलाई सम्वोधन गर्न चीन जान लागेका हुन् । प्रधानमन्त्री दाहालले राष्ट्रपति सि जिनपिङ लगायत चिनियाँ उच्च नेताहरुसंग भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

प्रधानमन्त्री दाहाल साथ पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, सचिव शंंकरदास वैरागी, र अन्य सरकारी प्रतिनिधी सहितको प्रतिनीधि मण्डल आज साँझ ८ वजे चीन तर्फ प्रस्थान गर्ने छ । शनिबार हाईनानमा बोआवो फोरमलाई सम्वोधन गरेपछि प्रधानमन्त्री दाहालले आगामी सोमबार वेईजिङमा चिनियाँ राष्ट्रपति सि जिनपिङसंग औपचारिक भेटवार्ता गर्ने छन् ।

राष्ट्रपति सि संग १५ मिनेटको मात्रै भेटको समय पाएका दाहालले दुई पक्षीय सम्वन्धका साथै यसअघि नेपाल र चीनवीच भएका विभिन्न सहमति सम्झौताको बारेमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहाल चीन जान लागेकाले कसलाई कार्यभार दिने भन्ने अन्योलमा रहेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमण अनुमोदन गर्नका लागि बस्ने भनिएको हिजोको मन्त्रीपरिषद्को बैठक उपप्रधानमन्त्रीको मर्यादाक्रम नमिलेपछि बस्न सकेको छैन् । यस अघि उपप्रधानमन्त्री विमलेन्द्र निधी र कमल थापा मध्ये कसलाई मर्यादा क्रममा अगाडि राख्ने भन्ने बारेमा कुरा मिल्न सकेको छैन् ।

Pradanmntri Dahal

विशेष