एमालेले तोक्यो गाउँ र नगरपालिकाको संयोजक (सूचीसहित)
चैत १० । नुवाकोटमा नेकपा (एमाले)ले जिल्लामा परिवर्तित स्थानीय तहको संरचना अनुसार आफ्नो सङ्गठनलाई विस्तार गरेको छ ।
साबिकको क्षेत्रीय, इलाका, गाउँ र नगर कमिटीलाई नयाँ स्थानीय तहको संरचनाअनुसार रूपान्तरण गर्ने गरी एमालेले जिल्ला मातहतका सबै कमिटी पुनर्गठन गर्ने अभियान अघि बढाएको हो ।
स्थानीय तहअनुसार जिल्लाका १२ वटा स्थानीय तहमा इन्चार्ज र संयोजकहरु तोकेर एमालेले आज अभियान थालेको हो । शिवपुर गाउँपालिकाको संयोजकमा उज्वल खड्का, सहसंयोजकमा श्याम लामा, ककनी गाउँपालिकाको संयोजकमा जितबहादुर बलामी, सहसंयोजकमा सानुमाया तामाङ, तारकेश्वर गाउँपालिकाको संयोजकमा चुडामणि गजुरेल र सहसंयोजकमा दुर्गा बस्ती, मेघाङ गाउँपालिकाको संयोजकमा उद्धव सापकोटा, सहसंयोजकमा विन्दुमाया तामाङ, किस्पाङ गाउँपालिकाको संयोजकमा छत्र लामा, सूर्यगढी गाउँपालिकाको संयोजकमा विन्दा ढुङ्गाना, सहसंयोजकमा घकुमार लामा, तादी गाउँपालिकाको संयोजकमा विजय खनाल, सहसंयोजकमा शिवराम दाहाललाई जिम्मेवारी दिइएको छ ।
यस्तै, दुप्चेश्वर गाउँपालिकाको संयोजकमा सुरज शेर्पा, पञ्चकन्या गाउँपालिकाको संयोजकमा अर्जुन कार्की, सहसंयोजकमा विन्दा विक, लिखु गाउँपालिकाको संयोजकमा प्रदिपप्रसाद पाठक, सहसंयोजकमा भोलाप्रसाद पाठक, बेलकोटगढी नगरपालिकाको संयोजकमा सुदर्शन नेपाल, सहसंयोजकमा माधव पाण्डे, विदुर नगरपालिकाको संयोजकमा शरणउत्सुक सापकोटा र सहसंयोजकमा नारायण घिमिरेलाई जिम्मेवारी दिइएको एमाले नुवाकोटका प्रचार विभाग संयोजक वासुदेव कँडुवालले बताए ।
एमालेले गाउँपालिका तथा नगरपालिकाको कामलाई प्रभावकारी रुपमा अघि बढाउन इन्चार्ज र सहइन्चार्जसमेत तोकिएको जिल्ला अध्यक्ष नारायण खतिवडाले जानकारी दिए ।
UMl Nuwakot