राजनीति

एमाले स्थायी समिति बैठक ओली निवासमा जारी

एमाले स्थायी समिति  बैठक ओली निवासमा जारी
चैत्र १० । स्थानीय तह निर्वाचन केन्द्रित निर्णय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी समिति  बैठक अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरमा जारी छ । मेची महाकाली राष्ट्रिय अभियानपछि पहिलो पटक बस्न लागेको स्थायी समिति ले निर्वाचनका लागि उम्मेद्वारको मापदण्ड र ब्यवस्थापनका लागि कमिटी गठन गर्नेछ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा मेयर तथा उपमेयरका लागि उम्मेद्वार केन्द्रबाटै तय गर्ने तयारी गरेको एमालेले गाउँपालिकाको अध्यक्षसहित बिभिन्न पदमा उम्मेद्वारको मापदण्ड तय गर्न कमिटी गठन गर्न लागेको हो । आगामी बैशाख ३१ गतेका लागि ७ सय ४४ वटै तहमा उम्मेद्वारी दिने तयारी गरेको एमालेले सम्पूर्ण कमिटीलाई परिचालन गर्न आवश्यक निर्णय गर्ने एमाले सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

UML Baithak

विशेष