भिडियो राजनीति कुरा: खस्रा मिठा

कमल थापा राजनीतिका अश्लिल खेलाडी हुन् (भिडियोसहित)

कमल थापा राजनीतिका अश्लिल खेलाडी हुन् (भिडियोसहित)

राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीको अनुसार नेपालको राजनीतिलाई कमल थापाले बिगत लामो समयदेखि प्रभाव पारिरहेका छन् । सुवेदीले नेपालआजको स्तम्भ कुरा खस्रा मिठामा कुराकानी गर्दै कमल थापा देशको लागि कुहिएको आलु भएको बताएका छन । ‘कमल थापा राजनीतिको मुख्य अश्विल खेलाडी हुन् ।’ विश्लेषक सुवेदी भन्छन्–‘ राप्रपा र कम्युनिष्टहरुले गर्दा देशमा सारा भद्रगोल गरेका छन् । परिवर्तनको नाममा पतन गरेका छन् ।’ नेपालआजसंग कुरा गर्ने क्रममा उनले कमल थापाको पछिल्लो कदम, स्थानिय चुनाव, मदेशी दलका एजेण्डा र प्रमुख राजनीतिक दलको भुमिकाको बारेमा विश्लेषण गरेका छन् । उनले भने–‘ प्रमुख दलहरुले आफ्नो एजेण्डा छोडेकाले देशको दुर्गती भएको हो । संविधान आएर कुनै परिवर्तन नभएकाले यस्तो संिवधान आउनुभन्दा नआउनु वेश । संविधान आएर खोई के परिवर्तन भयो ।’

प्रमुख ३ दलले आफ्नो राजनीतिक भविष्यको लागि देशको हितविपरित निर्णय गरेको उनी बताउछन् । देश अत्यन्तै खतरापुर्ण स्थितीमा रहेकाले संविधानले हानी पुर्याउने उनको तर्क छ । स्थानिय चुनावको लागि मधेसी दल तयार हुनेमा उनी शंका व्यक्त गर्छन् । उनी भन्छन् –‘अहिलेको संविधानले निकास दिदैन् । अराजक स्थिती उत्पन्न हुन्छ ।’ ‘राजा हिन्दुराज्य स्थापना होस् भन्नेमा छैनन् । हिन्दुराज्यको ग्राण्ड डिजाईनर अरुनै हो ।’ उनले भने–‘ देश अहिले अत्यन्त संक्रमणकालिन अवस्थामा छ । देशलाई सही बाटोमा अघि बढाउन कि त सैनिक शाशन लगाउनुपर्छ , कि त राष्ट्रपतीले भुमिका खेल्नुपर्छ ।’

arun kumar subedi kura khasra mitha कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष