राजनीति

माओवादी केन्द्रको निष्कर्ष ‘पुनर्वासा गोलीकाण्ड’मा भारतले माफी माग्नु पर्छ

माओवादी केन्द्रको निष्कर्ष ‘पुनर्वासा गोलीकाण्ड’मा भारतले माफी माग्नु पर्छ
चैत्र १० । नेकपा माओवादी केन्द्रले पुनर्वास काण्डमा भारतले माफी माग्नुपर्ने जनाएको छ । आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले कञ्चनपुरको सीमा पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट ज्यान गुमाएका गोविन्द गौतमको स्मारक बनाउन पनि माग गरेको छ । ’नेपालको सार्वभौमिकता, अन्तर्राष्ट्रिय सीमा सम्बन्धी महासन्धि र प्रचलनविरुद्ध एसएसबीद्वारा नेपाली भूमिमा गरिएको गोली प्रहार बारेमा यो बैठक विरोध गर्दै नेपाल सरकारमार्फत भारत सरकारसँग आवश्यक कूटनीतिक पहल गरी बैठकको निर्णय कार्यान्वयन गर्न नेपाल सरकार समक्ष माग गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ । साथै बैठकले फागुन २३ गते सप्तरीमा प्रहरीको गोली लागि ज्यान गुमाएका पाँच जनाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन र सहिदको रुपपमा सम्मानका निम्ति सरकारसँग माग गरेको छ। फागुन २७ गते जाजरकोटमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका २७ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले घाइतेको उपचार व्यवस्था गर्न पनि माग गरेको छ ।

maobadi baithak

विशेष