राजनीति

संवैधानिक इजलास गठन गर्न आदेश

संवैधानिक इजलास गठन गर्न आदेश
चैत्र–१० । सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गर्न न्याय परिषद्का नाममा बिहीबार आदेश जारी गरेको छ । न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा, केदारप्रसाद चालिसे, अनिलकुमार सिन्हा र सपना मल्लको पूर्ण इजलासले सो इजलास गठन गर्न आदेश जारी गरेको हो । अधिवक्ता माधव बस्नेतले संवैधानिक इजलास छिटो गठन माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । संवैधानिक इजलास नहुँदा संवैधानिक विषयका मुद्दामा सुनुवाइ हुन सकेको छैन । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठका पालामा संवैधानिक इजलास गठन भएको थियो । त्यसपछि बीचमा प्रधानन्यायाधीश सुशीला कार्कीले केही समय कामु रहेर काम गर्नुपर्ने अवस्थामा गठन हुन सकेको थिएन । संवैधानिक इजालस न्याय परिषद्ले गठन गर्ने व्यवस्था रहेको छ । रासस

आदेश गठन सर्वोच्च अदाल संवैधानिक इजलास

विशेष