रोजगार

७५ हजार म्यादी प्रहरीमा जागिर खुल्यो ५४ वर्ष सम्मकाले जागिर पाउने

७५ हजार म्यादी प्रहरीमा जागिर खुल्यो ५४ वर्ष सम्मकाले जागिर पाउने

चैत्र ११ । स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार ७५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो । साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

भर्ना हुन चाहनेले ११ देखि १७ चैतभित्र फाराम भरिसक्नुपर्नेछ । फाराम नेपाल प्रहरीको वेबसाइट नेपालपुलिस डट जिओभी डट एनपीमा राखिएको छ । उनीहरूले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । म्यादी प्रहरीले ड्रेस, प्रहरी जवानको बराबर तलब र खाजा खर्च पाउनेछन् । ५५ दिनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो । ७५ जिल्लाकै जिल्ला प्रहरी कार्यालयमार्फत फाराम बुझाउन सकिनेछ ।

१९ देखि २२ चैतसम्म छनोट हुने र २२ चैतमा नतिजा प्रकाशन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । २५ चैतदेखि ८ वैशाखसम्म तालिम दिएर उनीहरूलाई निर्वाचनको सुरक्षामा खटाउने तयारी छ ।

अवकाशप्राप्त सुरक्षाकर्मी तथा बनपाले, विगतमा म्यादी प्रहरीका रूपमा काम गरेका तथा गार्डका रूपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने प्रहरीको सूचनामा उल्लेख छ । सरकारले अघिल्लो चुनावमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

Myadi Police

विशेष