विचित्र विश्व

धोकेबाज प्रेमीलाई भुल्न यसो गरिन प्रेमिकाले

धोकेबाज प्रेमीलाई भुल्न यसो गरिन प्रेमिकाले

एजेन्सी ।  आफुले प्रेम गरेको मानिसले धोका दिँदा कसको मन छिया छिया नहोला ? कतिले धोका दिनेको अनुहार कहिल्यै हेर्नु नपरोस् भनेर डेरा नै सर्छन् पनि । अनि कतिपयले बोली बार्छन् । अष्ट्रेलियाको मेलवर्नमा बस्ने २६ बर्षकी हिदी रुहोनेनले आफ्नो धोकेबाज प्रेमीलाई देखाइदिने अनौठो उपाय अपनाइन् ।

मेलवर्न विश्वविद्यालयकी विद्यार्थी हिदी लामो समयदेखि कुनै युवकसँग प्रेम सम्बन्धमा थिइन् । तर हाल आएर उसले आफुलाई चिटिङ गरिरहेको कुराको पत्तो पाएपछि उनको मन दुख्यो । त्यसपछि उनले धोकेबाजलाई सबक सिकाउने निधो गरिन् । बदला यसरी लिने सोचिन् की जो कोहीले कल्पना गर्न पनि गाह्रो । उनले धोकेबाज प्रेमीले आफुलाई उपहार दिएका सबै सामानहरुको पसल थापेर बिक्रि गरिन् ।

ब्वायफ्रेण्डले दिएका कपडा, जुत्ता, भिडियो गेम, मूूभी डिभिडी, किताब तथा स्पिकर जस्ता सामानहरु उनले आफ्नो ग्यारेजमा सेल लगाइन् र मानिसहरुलाई बेचिदिइन् । ती सामानहरु बेचेर प्राप्त भएको रकमले घुमफिरमा निस्कने योजना उनको छ । ‘न रहन्छ बाँस, न बज्छ बाँसुरी’ भन्ने उखान ठ्याक्कै मिल्यो हिदीलाई । अव धोकेबाजका चिनो आफुसँग नरहेपनि यादले झस्काउने भएन । घुमफिर गरेर धोकेबाजले दिएको मुटुको घाउ निको पार्ने कोसिस पनि हुनेभयो ।

Premika

विशेष