राजनीति

कुनै एजेन्डा नै नबोकी प्रधानमन्त्री भद्रगोल पारामा पहिलो पटक चीन गए

कुनै एजेन्डा नै नबोकी प्रधानमन्त्री भद्रगोल पारामा पहिलो पटक चीन गए
चैत्र–१२ । स्थानीय तह निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनुपर्ने मुख्य कार्यभार छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘बिना प्रयोजन’ साताव्यापी भ्रमणमा उत्तरी छिमेकी मुलुक चीनतर्फ निस्केका छन् । ‘बाआओ फोरम फर एसिया’ सम्मेलनमा गर्ने नाममा कुनै ‘राजनीतिक र विकासका अजेन्डा’ नबोकी कार्यकारी प्रमुख यसरी विदेश भ्रमण गएको नेपालको राजनीतिक इतिहासमा सम्भवतः पहिलो घटनाको रुपमा चित्रित हुन पुगेको छ । प्रधानमन्त्री दाहालको बिहीबार सुरु भएको चीन भ्रमणले धेरैवटा राजनीतिक र कूटनीतिक प्रचलन एकैपटक तोडिदिएको छ । प्रधानमन्त्री दाहालले चीन उड्नु दई घण्टाअघि बालुवाटारस्थित सरकारी निवासमा बसेको सत्तारुढ माओवादी केन्द्र, कांग्रेस र राप्रपा तथा प्रमुख प्रतिपक्ष एमालेसहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताको बैठकमा चीन भ्रमणबारे जानकारी गराएका थिए । ‘यो पूर्णतः सद्भावना भ्रमण हो, भ्रमणमा कुनै सम्झौता हुने छैन । त्यसैले तपाईँहरुले धेरै आशा गर्नु जरुरी छैन, न त आत्तिनुपर्ने जरुरी छ ।’ दाहालले उक्त धारणा राखे पनि त्यसबारे बैठकमा सहभागी शीर्ष नेताले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

एजेन्डा चीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ भद्रगोल

विशेष