विचित्र विश्व

प्लास्टिक सर्जरीको कमाल

प्लास्टिक सर्जरीको कमाल
चैत १२ । थाइल्याण्डकी यी युवतीको अब खुशीको दिन सुरु भएका छन् । नि: शुल्क प्लास्टीक सर्जरीको माौका पएर सुन्दर मुहार पाएकीले उनको खुशीको दिन सुरु भएको हो । उमेरले १९ वर्ष लागेकी थाइल्याण्डकी वीजिटप्रफोर्न आफ्नो बिग्रिएको अनुहारको बनावटको कारण दुः खी थिइन् ।  उनको बाहिर निस्किेको दाह्रा र भित्र छिरेको चिउडोले अनुहारको बनावटलाई बिगारेको थियो । उनको अनुहारको बनावटले गर्दा कोही पनि उनका सामु आउन मान्दैनथे । उनको जीवनले त्यतिबेला नयाँ मोड लियो जब उनले एक ट्यालेन्ट सोमा विजय हासिल गरिन् । उक्त प्रतिस्पर्दामा विजय भएपछिको उपहारस्वरुप उनी प्लास्टीक सर्जरीको लागि दक्षिण कोरिया गइन् । उनी दक्षिण कोरियामा भर्खरै आयोजना गरिएको ‘लेट मी इन’ नाम गरेको कोरियन टिभी सो की विजेता हुन् । उक्त सोमा विजय हुने प्रतिस्पर्दीले नि: शुल्क प्लास्टीक सर्जरी गर्ने मौका पाउनेछन् । सर्जरीबाट कसैको जीवन परिवर्तन हुन सक्ने उद्देश्यले उक्त कार्यक्रम आयोजन गरिएको हो । अहिले रुप परिवर्तन भएर खुशी भएकी उनी भन्छिन्, ‘त्यस्तो कोही मानिस हुँदैन जसले सुन्दर हुनका लागि नाइ भन्दैन ।’

थाइल्याण्ड प्लास्टिक सर्जरी

विशेष