राजनीति

आरआरको स्थगित स्ववियु निर्वाचन आगामी मङ्गलबार हुने

आरआरको स्थगित स्ववियु निर्वाचन आगामी मङ्गलबार हुने
चैत – १२ । फागुन २३ गते स्थगित भएको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी मङ्गलबार हुने भएको छ । क्याम्पस प्रमुख डा निर्मलकुमार सुवालले आज सूचना प्रकाशित गर्दै स्थगित भएको निर्वाचन आगामी मङ्गलबार हुने जानकारी गराएका हुन् । सर्वोच्च अदालतले चैत २ गते सो क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन हुन लागेको हो ।‘सर्वोच्चले चैत २ गते मतदानको मिति तोकी तत्काल निर्वाचनसम्बन्धी बाँकी कार्य सम्पन्न गर्न यस क्याम्पस समेतको नाममा अन्तरिमा आदेश जारी गरेको छ । क्याम्पसले मङ्गलबार बिहान ८ देखि साँझ ५ बजेसम्म अन्तिम नामावलीमा प्रकाशित भएका मतदातालाई मतदानमा सहभागी हुन अनुरोध समेत गरेको छ । क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गरेको थियो । विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय प्रशासनले स्थानीय निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गरिएको थियो ।

विशेष