राजनीति

एक चीन नीतिमा शंका नगर्न प्रधानमन्त्री दाहालको आग्रह

एक चीन नीतिमा शंका नगर्न प्रधानमन्त्री दाहालको आग्रह

चैत्र १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको आर्थिक विकासबाट नेपालले पनि समृद्धिको ढोका खोल्नसक्ने बताएका छन् ।

चीन भ्रमणको अवसरमा शनिवार साँझ बेइजिङ्स्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले नेपालले चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिन सक्नुपर्ने बताउँदै वान वेल्ट वान रोड परियोजनामा नेपालको साझेदारीको प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह गरे । आफ्नो चीन भ्रमण दुई देशबीच सद्भावना बृद्धि गर्न महत्वपूर्ण रहने बताउँदै भ्रमण सफलताको शुभकामना दिने सबैमा आभार व्यक्त गरे ।

आइतबार प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका नेताहरु एवम् उपप्रधानमन्त्रसँग भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।

pm dahal

विशेष