राजनीति

उपेन्द्रको नातावादबाट आजित युवा नेता अशोक वर्माले दिए राजिनामा

उपेन्द्रको नातावादबाट आजित युवा नेता अशोक वर्माले दिए राजिनामा

चैत्र १३ । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका युवा नेता अशोक वर्मालो पदबाट राजीनामा दिएका छन् ।

युवा नेता वर्माले राजीनामा पत्रमा भनेका छन, ‘रुपन्देही जिल्ला कार्यसमितिभित्र नातावाद, कृपावाद तथा एकल जातीको नीति कायम भएकोले बुटवल क्षेत्र नम्बर ४ को अध्यक्ष रहने गरी बाँकी अन्य पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’

रुपन्देही जिल्लाको महाधिवेशनमा ठाडो हस्तक्षेप भएको भन्दै वर्मासहितका युवा नेताहरूले बन्दसत्रमा नारावाजी गर्दै बहिष्कार समेत गरेका थिए । वर्मासहितका युवाहरूले बन्दसत्र बहिष्कार गरेपछि अध्यक्ष उपेन्द्र यादवले विवादलाई थामथुम पार्ने प्रयास गरेका थिए ।

पार्टीभित्र विशेष गरेर यादव जातीको बर्चश्व रहेको भन्दै रुपन्देहीमा विद्रोह भएपछि उपेन्द्र यादव संकटमा परेका छन् ।

upendra yadav

विशेष