‘बाबुराम भट्टराई जस्तो सर्वश्रेष्ठ अरु कुनै नेता छैनन्’ (भिडियोसहित)
कुनै पनि पार्टीमा विवाद आउनु सामान्य कुरा हुने नयाँ शक्ति नेपालका नेता मदन राईले बताएका छन् । पार्टीमा विभिन्न ठाउँबाट आएका वौद्धिक व्यक्तिहरुबीच हुने घर्षणका कारण विवाद हुनु सामान्य भएको नेता राईले जिकिर गरेका हुन् । नयाँ शक्ति पार्टीमा पनि विभिन्न वौद्धिक क्षेत्रबाट आएका मानिसको प्रतिनिधित्व रहेकोले यहाँ पनि केही भित्रि विवाद रहेको उनले उल्लेख गरे । ‘नयाँ शक्तिमा भाषा, अर्थ, कृषी र ईन्जिीनियरिङलगायतका क्षेत्रको सीप आर्जन गरेका र विभिन्न क्षमताका व्यक्तिहरुको प्रतिनिधित्व छ,’ उनले अगाडि थपे, ‘सबै वर्ग र क्षेत्रको ज्ञान भएका मान्छेहरु भएका ठाउँमा विचारको घर्षण हुन्छ । धेरै छलफल र विवाद हुन्छ । त्यही छलफल र विवादले निष्र्कष निकाली समाधानको बाटो खोजिन्छ ।’ प्रत्यक्ष निर्वाचित, लोकतन्त्र र आर्थिक नीति गतिशिल भएकाले नयाँ शक्तिले नै देश बनाउने नेता राईले दाबी गरे । पछिल्लो समयमा केहि नेता नअटाउनुले नयाँ शक्तिमा विवाद भएको बुझ्नु आवश्यक नरहेको उनका तर्क छ । ‘नेपालका प्रमुख दलमा विज्ञान, कृषि र प्राविधिक ज्ञान भएका नेता छैनन् । त्यसैले ती दलहरुबाट देश विकासमा सम्भव छैन् ।’ उनले भने– ‘तर, हाम्रो पार्टीमा सबै क्षेत्र बुझेका, सीप भएका र गरेर देखाएका व्यक्तिहरु छन् ।’
नेता राईले एक फरक प्रशंगमा रामेश्वर खनालले पार्टी छोडेर अन्तै कतै नगएको बताए । सामान्य कुरामा विवाद भएर खनालले मन दुखाएको राइको तर्क छ । ‘खनालजस्तो देशमा अरु कुनै अर्थविद् छैनन् । उनी नयाँ शक्तिका मात्र हैन, देशकै होनहार व्याक्ति हुन । उनीबाट देशको अर्थ व्यवस्थासमबन्धी ज्ञान सबैले लिनू जरुरी हुन्छ ।’ बाबुराम भट्टराई तानाशाही नभएको उनको तर्क छ । पार्टीमा धेरै प्रवृति बोकेका मान्छेहरु भएकाले केही कुरा नबुझ्दा उनीमाथि आरोप लाग्ने गरेको उनी बताउछन् । ‘ भट्टराई समकालिन नेताहरु मध्ये सबैभन्दा बढी ज्ञान, सीप र क्षमता भएका मान्छे हुन् ।’ उनले भने–‘ बाबुरामले जस्तो राजनीतिमा सर्वश्रेष्ठ भुमिका कसैले खेलेको छैन् ।’ उनी देश समृद्ध बन्न धेरै वर्ष नलाग्ने तर्क गर्छन् । सबैले आफूसँग भएको सीप र ज्ञान प्रयोग गर्ने हो भने संसारकै समृद्ध देश २० वर्षमै बन्छ । ‘खनाल भट्राई र म जस्ता हरेक क्षेत्रका विज्ञहरु हाम्रो पार्टीमा छन् ।’ उनले भने–‘ खनाल देश बन्नेमा आशा बोकेर निराश हुने मान्छे होइनन् । निरन्तर देश समृद्ध प्रयास गर्ने मान्छे हुन् । उनलाई कुनै पद र प्रतिष्ठाको लोभ छैन् । उनी अर्थनीतिमा देशकै धरोहर हुन् ।’ उनी विश्वको धेरै देश र नेपालको ७५ वटै जील्ला घुमेको हुनाले देश कसरी समृद्ध बनाउने ज्ञान भएको बताउछन् । भन्छन्–‘ अरु देश भन्दा सबै स्रोत साधनले नेपाल अगाडि छ । सबै लाग्ने हो भने सुनको थाल बोकेर बालुवाको मरुभुमीमा जानु पर्दैन् ।’ baburam bhattarai madan rai naya shakti