राजनीति

कांग्रेसले बनायो २९ सदस्यीय कार्यसम्पादन समिति

कांग्रेसले बनायो २९ सदस्यीय कार्यसम्पादन समिति
चैत्र–१३ । नेपाली कांग्रेसले पार्टी वरियता क्रममा २९ नम्बरसम्म रहेका केन्द्रीय सदस्यलाई समेटेर कार्यसम्पादन समिति बनाएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार देखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २९ सदस्यीय कार्यसम्पादन समिति बनाएको हो । कार्यसम्पादन समितिमा रहेकाहरु मध्येबाटै पार्टी उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गरिने पनि कांग्रेसले जनाएको छ । केन्द्रीय कार्यसम्पादन समिति कांग्रेसको केन्द्रीय समितिपछिको सबैभन्दा शक्तिशाली निकाय हो । केन्द्रीय समितिको बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले नै महत्वपूर्ण निर्णय गर्ने कांग्रेसको विधानमा उल्लेख छ । त्यस्तै पार्टीको केन्द्रीय विभाग ४२ वटा बनाउन पनि केन्द्रीय समितिले अनुमति दिएको छ । बैठकले स्थानीय निकाय निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणा पत्र बनाउन केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा समिति बनाएको छ ।

कार्यसम्पादन समिति केन्द्रीय सदस्य नेपाली काँग्रेस

विशेष