
चैत्र–१३ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव पारित भएमात्र निर्वाचनमा जाने बताएका छन् ।
अाइतबार राजविराजमा पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सीमाङ्कन मधेसी मोर्चाको बटमलाइन भएकाले सीमाङ्कनको व्यवस्थापन नभएसम्म निर्वाचनमा नजाने बताएका हुन् ।
ठाकुरले विगत र अहिलेका सरकारले संविधान संशोधनको प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनप्रति गम्भीर हुन नसकेको आरोप लगाउँदै मोर्चाको माग पूरा नभए आन्दोलनको विकल्प नभएको बताए ।
'संविधान संशोधन कसरी हुन्छ, त्यो काम सरकारको हो, यसमा सबैले सहयोग र साथ दिनुपर्छ,'उनले भने । ठाकुरले नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीद्वारा मारिएका पाँच जना निर्दोष भएकाले दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे । रासस
निर्वाचन
महन्थ ठाकुर
सीमाङ्कनसहित संविधान संशोधन