यी महिलाको लागि किन मरिहत्ते गर्छन् माओवादी नेता नारायणकाजी ?
चैत–१४ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अविवाहित नै रहेकोले उनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई जस्तो पारिवारभित्रैबाट आफ्नो राजनीतिक उत्तराधिकारी खडा गर्नुपर्ने बाध्यता छैन ।
नारायणकाजीमा पार्टी अध्यक्षको जस्तो उत्तराधिकारी खडा गर्नुपर्ने बाध्यता नभए पनि उनले आफ्नो सहयोगी सुसन कर्माचार्यको राजनीति भविष्यबारे निकै चिन्ता र चिन्तना गर्ने गरेको चर्चा छ ।
त्यसैले पार्टीमा खासै राजनीतिक हैसियत नभए आफ्नी सहयोगी रहेकी सुसनलाई अक्सर कार्यक्रमहरुमा नछुटाइकन लैजाने गर्छन् । स्थानीय तह निवाचन नजिकिएिसँगै उनै सुसनलाई पार्टीभित्र स्थापित गर्न नारायणकाजी भित्रभित्रै सक्रिय हुन थालेको चर्चा माओवादी केन्द्रतिर चल्न थालेको छ ।
एमालेलगायत दलहरु स्थानीय तह निर्वाचनका लागि होमिसकेको बेला नारायणकाजीले सुसनलाई ललितपुरबाट खडा गर्न अहिलेदेखि नै आन्तरिक तयारी थालेको खबर छ । –साँघु साप्ताहिकबाट